फोहोर फ्याँक्ने थलो बन्दै, माडी बसन्तपुरस्थित पोखरी

352
SwadeshPost

माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी पुनः डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो ।

दुई बर्षअघि, माडी नगरपालिकाको वातावरणमैत्री स्वायत्त शासन कार्यक्रम (ई.एफ.एल.जी.)को लगानीमा माडीको बसन्तपुर बजारको चौर क्षेत्रमा पोखरी खनिएको थियो । तर, नगरपालिकाले फोहोर संकलन र व्यवस्थापनको ठोस कार्यक्रम सञ्चालन नगर्दा पोखरी लगायत यत्रतत्र फोहोर फैलिन लागेको हो ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कार्यबिधी बनाउने बताउँदै आएपनि कार्यबिधी तयार गर्न र त्यस अनुरुप डम्पिङ साइट तयार गर्न ढिलाई गरिरहेको छ । नियमित फोहोर संकलन, त्यसको प्रशोधन र पुनप्र्रयोग तथा व्यवस्थापन कार्य नहुँदा एउटा सानो कोठा वा सटरबाट व्यवसाय गरिरहेकाहरुलाई समस्या परिरहेको छ । कतिपय व्यवसायीहरुले साँझपख फोहोर जलाउने गरेका छन्, तर त्यो पनि फोहोर व्यवस्थापनको राम्रो उपाय नरहेको बिज्ञहरुको भनाई छ ।

SwadeshPost