निःशुल्क रेडियो पत्रकारिता तालिम सुरु

308
SwadeshPost

स्वदेश एफ.एम ९३.२ मेगाहर्ज र स्वस्तिक मिडिया नेटवर्कको आयोजनामा आज शनिबारदेखि निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन सुरु भएको छ । आउँदो जेष्ठ १४ गतेसम्म जारी रहने सो तालिममा माडीभरबाट छनौटमा परेका २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिम अन्तरगत जेष्ठ १४ गतेसम्म सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र १५ गते स्टुडियो स्वराङ्कन गर्ने कार्यतालिका रहेको छ ।

तालिम सुरुवात हुनुअघि आज एक संक्षिप्त उद्घाटन कार्यक्रम गरिएको थियो । स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहको अध्यक्षता तथा माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रमको उद्घोषण स्वस्तिक मिडिया नेटवर्कका प्रवन्ध निर्देशक गोविन्द न्यौपानेले गर्नुभएको थियो । आजको पहिलो दिनको प्रशिक्षक समेत न्यौपाने नै रहनुभएको थियो ।

स्वदेश एफ.एम.ले सामाजिक उत्तरदायित्व अन्तरगत स्थापनाकालदेखि नै निःशुल्क तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअन्तरगत हालसम्म रेडियो उद्घोषण एवं पत्रकारिता तालिम, फोटोसप वर्कशप र भिडियोग्राफी तालिम सञ्चालन भइसकेको छ ।

SwadeshPost