माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनका लागि नगरपालिका अन्तरगतको अपाङ्ग परिचय पत्र वितरण समितिले अपांगताको अवस्था जाँच कार्य जारी राखेको छ । यस अभियान अन्तरगत माडीका सम्पूर्ण वडाहरुमा फारम पठाइसकेकेको अपाङ्ग परिचय पत्र वितरण समितिका संयोजक एवं नगर उपप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो ।
अभियान अन्तरगत शनिबार माडी नगरपालिका वडा नं. १ र २ का अपाङ्गता भएका व्यक्तिको अपांगताको अवस्थाको मुल्यांकन तथा विवरण संकलन गर्ने कार्य सम्पन्न भएको छ । शनिबार ३२ जना शारीरिक मानसिक तथा बौद्धिक अपाङ्गको विवरण संकलन गरिएको हो ।
माडीका सम्पूर्ण वडाहरुको विवरण संकलन भए पश्चात् अपाङ्गताको वर्गीकरण गरी चार समूहका परिचय–पत्र वितरण गरिने माडी नगरपालिकाले जनाएको छ । यसअघि, माडी नगरपालिका वडा नं. ३, ८ र ९ लगायतका वडाहरुमा अपांगहरुको अवस्था मुल्यांकन कार्य पुरा भइसकेको छ ।