बिप्लव नेतृत्वले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनसंगै देशैभर

350
SwadeshPost

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि चितवनसंगै देशैभर देखिएको छ । माडीसंगै चितवनमा सार्वजनिक यातायात र शिक्षण संस्थाहरु बन्द रहेका छन् भने बजार, व्यवसाय र अन्य व्यवसायिक प्रतिष्ठानहरु समेत बन्द देखिएका छन् ।

सरकारी दमन र राज्य आतंकको बिरोधका लागि भन्दै बिप्लब नेकपाले बन्दको आह्वान गरेको हो । बन्दको पूर्वसन्ध्यामा काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको श्रृखलाबद्ध बम विस्फोटमा चार जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । बिष्फोटमा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा देखिएसंगै आम नागरिकहरुमा त्रास फैलिएको छ ।

SwadeshPost