माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने

238
SwadeshPost

रक्तसञ्चार केन्द्र भरतपुरमा रगतको अभाव देखिएको सन्दर्भमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडा, स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा आउँदो जेष्ठ २१ गते खुल्ला रक्तदान आयोजना गरिएको हो । गर्मीयाम भएकाले दिउँसोको सट्टा बिहान ०६ बजेदेखि ११ बजेसम्म रक्तदान गर्न सकिने व्यवस्था रहेको उपशाखा सभापति भागिरथ बस्यालले जनाउनुभयो ।

यसैबिच, २१ गतेको खुल्ला रक्तदानलाई प्रभावकारी बनाउन बसन्तपुर बजार रक्तदाता उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको छ । माडी नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडाले रक्तदान सम्बन्धी सचेतना प्रवाहका लागि रक्तदाना उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्न लागको हो ।

SwadeshPost