विश्व वातावरण दिवसको अवसर पारी माडीको बसन्तपुरमा बृक्षारोपण गरियाे

301
SwadeshPost

विश्व वातावरण दिवसको अवसर पारी बुधबार माडीको बसन्तपुरमा बृक्षारोपण गरिएको छ । स्वच्छ वायु स्वस्थ जीवन भन्ने नारासहित बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा बसन्तपुरको नमुना सडकको दुबै छेउमा बृक्षारोपण भएको हो ।

कार्यक्रम अन्तरगत माडी माध्यमिक विद्यालय बसन्तपुर अगाडी रहेको सो सडकबाट माडी क्याम्पस अगाडी हुँदै नयाँपिपरिया सम्म बृक्षारोपण गरिएको हो । कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो र अन्य पदाधिकारीहरु, सिप नेपालका पदाधिकारीहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी र बजारबासीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost