माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

353
SwadeshPost

विश्व वातावरण दिवस (जुन -५) को अवसरमा इको क्लब माडी मा.वि.को आयोनामा “माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न भएको छ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नारासहित सञ्चालित सो कार्यक्रममा वातावरण, वायु प्रदुषण, यसको महत्व र वायु प्रदुषणले गर्दा उब्जिएका समस्या र न्युनिकरणका उपायहरुको बारेमा छलफल गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका आधारभुत तथा माध्यामिक तहका १३ विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी ३८ जनाको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व वातावरण दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले सन् १९७३ देखि वर्षेनी जुन ५ तारिखमा मनाउन थालिएको हो ।

SwadeshPost