सिप नेपालद्वारा नयाँ कार्यसमिति गठन

140
SwadeshPost

सामाजिक चेतना तथा वातावरण संरक्षण नेपाल (सिप नेपाल) को अध्यक्षमा पुनः ईन्दिरा विश्वकर्मा चयन हुनुभएको छ । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः तुलसी अधिकारी, अपेक्षा चौधरी, बिक्रम सुनार र सिमान्त चौधरी चुनिनुभएको छ ।

संस्थाको दोश्रो साधारणसभा केहि दिनअघि मितेरी पार्कमा उद्घाटन भएकोमा ढीला गरी सकिएको बन्दसत्रले नयाँ कार्यसमिति टुङ्ग्याएको हो । समितिका सदस्यहरुमा अशोक परियार, सुष्मा चौधरी, सपना श्रेष्ठ र उमा सुवेदी रहनुभएको छ । यसअघि संस्थाको सचिव र सह–सचिवको जिम्मेवारीमा गोबिन्द न्यौपाने र बबिता पौडेल रहनुभएको थियो ।

पर्यावरण, पर्यटन र सरसफाईको क्षेत्रमा क्रियाशील सो संस्थाले माडी नगरपालिकालाई सरसफाइमा नमुना बनाउने उद्देश्यसहित हरेक वडामा नमुना टोल सरसफाई कार्यक्रम सुरुवात गरेको छ । यसका लागि प्रत्येक वडाका लागि संस्थाको प्रतिनिधि तोकिएको संस्थाकी अध्यक्ष बि.क.ले जानकारी दिनुभयो । यसका साथै वडा कार्यालयहरुसंग समन्वय गरी उप-समिति तथा सरसफाई समिति गठन गर्ने र माडीका सार्वजनिक स्थानमा सरसफाई सम्बन्धी जनचेतना मुलक होर्डिङ्गबोर्ड राख्ने निर्णय समेत गरेको उहाँले जनाउनुभयो ।

SwadeshPost