माडीका स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान

228
SwadeshPost

माडीका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । प्रदेश नं. ३ सरकार, स्वास्थ्य कार्यालयको आयोजनामा माडीमा खोप सेवालाई थप प्रभावकारी बनाउन र दक्षतावृद्धि गर्नका लागि तालिम सञ्चालन भएको माडी नगरपालिका जनस्वास्थ्य विभाग प्रमुख शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

तालिममा माडी नगरक्षेत्रका २३ जना स्वास्थ्यकर्मीहरु सहभागी रहेका छन् । कार्यक्रमका सहभागीहरुलाई जिल्ला स्वास्थ्य कार्यलय चितवनका खोप अधिकृत दिवाकर महर्जन, परिवार नियोजन अधिकृत उमेश गौतम, प्रदेश नं. ३ हेटौंडाका तथ्याङ्ग अधिकृत ईन्द्रमणी भण्डारी लगायतले प्रशिक्षण दिनुभएको हो । यसअघि सोही कार्यालयको आयोजना एवं माडी नगरपालिकाको समन्वयमा स्थानीय पालिकाहरुको लागि स्वास्थ्य कार्यक्रमहरुको ज्ञान अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

SwadeshPost