माडी–२ का कृषकहरुलाई कृषि समाग्री वितरित

199
SwadeshPost

माडी नगरपालिका वडा नं. २ का कृषकहरुलाई कृषि समाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५ लाख रुपैंया अनुदान मार्फत सो क्षेत्रका कृषकहरुलाई पहिलो चरण अन्तर्गत कम्बाइन्ड मिल, जेनेरेटर लगागतका कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

कृषि समुहमा आवद्ध कृषकहरुलाई मात्रै कृषि सामाग्री वितरण गर्ने प्रावधान अनुरुप चुरे अगुवा कृषक समुहका सदस्य देवीप्रसाद देवकोटालाई कम्बाइन्ड मिल र सोहि समुहका पुरुषोत्तम तिमिल्सिना, दयानन्द अधिकारी, गोविन्द अधिकारी र केशव अधिकारीलाई जेनेरेटर प्रदान गरिएको सो कृषि समुहका अध्यक्ष गंगादत्त बस्ताकोटीले स्वदेशलाई जानकारी दिनुभयो ।

अब दोस्रो चरणमा त्रिपाल, बोरीङ्ग, स्टे« लगायतका सामग्री वितरण गर्ने योजना रहेको जनाइएको छ । कृषि समाग्री हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो ।

SwadeshPost