अन्ततः निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिइयाे

351
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अन्ततः नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिएको छ ।

सो बाटो मर्मत गर्न गठित उपभोक्ता समिति र अध्यक्ष नारायण प्रसाद अधिकारीको को बुधबार दिनभरको प्रयत्न, माडीका नगरप्रमुख ठाकुर ढकालको सहजिकरण तथा स्वदेश एफ.एम. लगायतका मिडिया र माडीबासीको दबाबका कारण साँझपख निकुञ्जले बाटो स्तरोन्नतिको अनुमती दिएको हो । मंगलबार ग्राभेलिङ गरी बाटो स्तरोन्नतिको काम सुरुवात भएलगत्तै निकुञ्ज प्रशासनबाट अवरोध हुँदा सडक स्तरोन्नति कार्य रोकिएको थियो ।

निकुञ्जले जारी गरेको अनुमतीपत्रमा सडक स्तरोन्नति कार्यमा प्रयोग हुने गाडी र निर्माण साधनहरुको नम्बर किटान गरिएको छ भने जारी जेष्ठ मसान्तसम्म मात्र नदीजन्य ग्राभल उत्खनन गर्ने समयसीमा तोकिएको छ । उपभोक्ता समितिले ग्राभेलका लागि आवश्यक ३३३७.५ घनमिटर ग्राभेल मध्यवर्ती क्षेत्रमा रहेको मगोई खोलाबाट निकाल्नेगरी रोयल्टी समेत काटिसकेकाले भोलि जेष्ठ ३० गते विहीबारदेखि निर्माणकार्य सुचारु हुने समितिका अध्यक्ष अधिकारीले जनाउनुभयो ।

SwadeshPost