हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डकाे सडक मर्मत कार्य जारी

249
SwadeshPost

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । माडीको बनकट्टा देखि कसरा खण्ड तथा बगहीँ देखि अमुवा सडक खण्डमा बाटो स्तरोन्नतिको काम जारी रहेको हो ।

दुबै सडक खण्डमा गत जेष्ठ २६ गते योजना स्वीकृत भएकोमा २७ गते सम्झौता गरी २८ गतेबाट निर्माण सुरुवात भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ६० लाख रुपैंया मध्ये ३०/३० लाख रुपैंया बजेटबाट सडक मर्मत कार्य भइरहेको छ ।

यसैबिच, बनकट्टा कसरा खण्डको बाटो निर्माणको क्रममा अत्यधिक धुलो भएकाले मोटरसाइकलमा यात्रा गर्ने यात्रुको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपभोक्ता समितिले चालकहरुलाई मास्क वितरण गरेको छ । मास्क वितरण कार्यलाई मोटरसाइकल चालक र अन्य माडीबासीहरुले प्रशंसा गर्दै निर्माणकार्य छिटो सक्न सुझाएका छन् ।

SwadeshPost