बाघकाे आक्रमणबाट माडीमा एकजना गम्भिर घाइते

140
SwadeshPost

बाघको आक्रमणमा परी माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । आज मंगलबार दिउँसो करीब १२ः४० बजे सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी गंगाधर सुवेदीलाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेलगत्तै नजिकै रहेका गोठालाहरुले होहल्ला गर्दै बाघलाई धपाएका थिए । घाइतेको टाउको र शरीरका अन्य भागहरुमा गहिरो घाउ बनेको छ । घाइतेलाई बघौंडा अस्पतालको आकस्मिक कक्षमा प्रारम्भीक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । थप विवरण आउन बाँकि ।

SwadeshPost