माडीमा नेपालकै सर्बाधिक वर्षा

132
SwadeshPost

बर्षायामको सुरुवातंगै गएरातीदेखि माडी उपत्यका र ठोरीसंगै देशका विभिन्न भागहरुमा बर्षा भइरहेको छ । गएको २४ घण्टामा माडीको बनकट्टास्थित बर्षामापक स्टेशनमा ११८.४ मिलिमिटर बर्षा भएको छ । जारी २४ घण्टे अवधीका लागि यो नेपालकै सर्बाधिक बर्षा भएको रेकर्ड हो । दोश्रो धेरै बर्षा भने आँधिखोला (बोर्लाङपुल) क्षेत्रमा ८९.६ मिलिमिटर रेकर्ड भएको छ । ठोरीमा ५८ मिलिमिटर बर्षा भएको छ । यो समाचार तयार पार्दासम्म बर्षा हुने क्रम जारी नै रहेको छ ।

यसैबिच, बर्षाका कारण माडीका खोला र खहरेहरुमा पानीको बहाव बढेको छ भने केहि खोलाहरुमा साना तथा मझौला बाढी समेत आएका छन् । बाढीका कारण माडीका खोलाहरुमा जारी पुल निर्माण कार्य प्रभावित भएको छ । बाढीकै कारण माडी नगरपालिका वडा नं. १ चैनपुर र लक्ष्मुनिया जोड्ने दौजर खोलामा निर्माणाधीन पुल ढलाईको ट्रस भत्किएको छ । आज ढलानको तयारी गरिएको पुलको ढलान ट्रस भत्किएसंगै ढलान रोकिएको छ । माडीका अन्य ठाउँहरुबाट पनि क्षती पुगेको खबरहरु आउन थालेका छन् । तर बर्षा भएकाले किसानहरु भने खुसी भएका छन् ।

SwadeshPost