आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

बाघको आक्रमबाट माडीको बगहीँमा एक जना गम्भीर घाइते

  • A
  • A+
  • A++

बाघको आक्रमणमा परी पूर्वी माडीको बगहीँ क्षेत्रमा एक जना गम्भीर घाइते भएका छन । आज दिउँसो करीब ३ बजे घरनजिकै पशु चौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ९, गोबिन्दवस्ती जेठीबगहीँ निवासी बर्ष अन्दाजी ४० बर्षका इन्द्रबहादुर दुरालाई निगाले बाघले आक्रमण गरेको हो ।

विज्ञापन १

चरिरहेको बाख्रालाई आक्रमण गर्न खोजेको सो बाघलाई ढुङ्गाले हानेपछि दुरालाई बाघले आक्रमण गरेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । हात र शरीरका अन्य भागहरुमा घाउ लागेका उहाँलाई कृष्णनगरस्थित अधिकारी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।

विज्ञापन २

करीब एक साता अघि समेत पशु चौपाया चराउँदै गरेको अवस्थामा माडीको सिमरा गाउँनजिकै दिउँसै बाघले एकजनालाई आक्रमण गरेको थियो, जसको उपचारको क्रममा निधन हुनपुगेको थियो । निकुञ्ज र यस आसपासको सामुदायिक वनहरुमा जंगली बाघको संख्या बढ्दै जाँदा पशु चौपाया र मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया