माडी क्षेत्रमा पानी परीक्षण गर्ने भन्दै ठग्ने गिरोह सक्रिय

296
SwadeshPost

माडी क्षेत्रमा पानी परीक्षण गर्ने भन्दै ठग्ने गिरोह सक्रिय भएको छ । शुद्ध र प्रशोधित पानीलाई समेत रासायनिक विधिमार्फत फोहोर देखाई पानी फिल्टर गर्ने यन्त्र बेच्ने गिरोह सक्रिय भएको हो ।

पानीमा घुलेको अवस्थामा रहेका खनिज पदार्थहरु रासायनिक विधिमार्फत छुट्याएर फरक रङ्मा परिणत गराई उपभोक्ताहरुलाई तपाईंको पानी अशुद्ध छ भनी पानी फिल्टर गर्ने मेसिन बिक्री भइरहेको गुनासो आएको हो । अशुद्ध र प्रशोधन नगरिएको पानीमा स्वभाविक रुपमै फोहोर बस्तुहरु पाइन्छन् तर प्रशोधित एवं मिनरल पानीलाई नै अशुद्ध देखाउनु सरासर उपभोक्ताहरुलाई ठग्ने काम भएको खानेपानी बिज्ञ इञ्जिनियर गुणेश्वर महतोले बताउनुभयो ।

यसैबिच, सस्तोमा सामान बेच्ने, गरगहना चम्काउने, कुनै तथ्याङ्क संकलन गर्ने, ग्याँस चुल्हो मर्मत गर्ने जस्ता अनेक बहाना गर्दै घर छिमेकमा आउने अपरिचित व्यक्तिहरूलाई सजिलै आफ्नो घर र कम्पाउण्ड भित्र प्रवेश गर्न नदिन प्रहरीले अनुरोध गरेको छ । त्यस्ता व्यक्तिहरुले दिएका केही पनि तत्काल नखान, कुरा गर्दा समेत टाढैबाट कुरा गर्नु र आफ्नो घर–टोलमा त्यस्ता अपरिचित व्यक्तिहरुको व्यवहार शंकास्पद महशुस भएमा तत्काल प्रहरीमा सुचित गर्न पनि ईलाका प्रहरी कार्यालय, माडीले सार्वजनिक अनुरोध गरेको छ ।

SwadeshPost