विनोद रानाभाट उद्धार अभियानः ११ लाख ६६ हजार ६०० रुपैंया संकलित

340
SwadeshPost

कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउने अभियानका क्रममा बैंकमा ११ लाख ६६ हजार ६०० रुपैंया संकलन भएको छ ।

रानाभाटको उद्धार तथा रिहाइका लागि विनोद रानाभाट रिहाई तथा उद्धार समितिमार्फत स्वदेश र प्रवासमा सहयोग संकलन अभियान जारी रहेको हो । समितिका उपाध्यक्ष समेत रहनुभएका युवा समाजसेवी अर्जुन भुसाल, झापाका सामाजिक अगुवा रामकुमार आचार्य, युवा समाजसेवी बसन्त रानाभाटसंगै अन्य सामाजिक अभियन्ताहरु र संस्थागत रुपमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा स्वदेश र प्रवासका विभिन्न क्षेत्रहरुमा सहयोग संकलन अभियान जारी रहेको समितिले जनाएको छ । पीडित रानाभाटको परिवारले माडीमा रहेको जायजेथाबाट १० लाख रुपैंया जुटाउने प्रतिवद्धता जनाएको छ भने रानाभाट सेवा समाज केन्द्रीय समितिले २ लाख रुपैंया प्रदान गर्ने घोषणा गरेको छ । यसका अलावा दाताहरुले बैंक खाता र ई-सेवामार्फत पनि सक्दो सहयोग जुटाइरहेका छन् ।

रानाभाटलाई सहकर्मी भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारत सनैयाका कामदारको मृत्यु हुन पुगेको थियो । घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्धा चलाएकामा मृतकको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात करीब ८२ लाख नेपाली रुपैंया बुझाउनुपर्ने आदेश भएको हो । रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समितिको नाउँमा कृषि विकास बैंक माडी शाखामा सञ्चालित ०५०८८०१३३७०९४०१३ नम्बरको खातामा रकम जम्मा गर्न सकिन्छ ।

SwadeshPost