माडीको तेश्रो नगरसभा अन्तरगत आजबाट बन्दसत्र सञ्चालन हुँदै

222
SwadeshPost

माडी नगरपालिकाको तेश्रो नगरसभा अन्तरगत आजबाट बन्दसत्र सञ्चालन हुँदैछ । नगर परिषद्को बन्दसत्रले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि नगरपालिकाको नीति, योजना, कार्यक्रम, बजेट, कर तथा अन्य विधेयकहरुमा छलफल गरी निर्णय गर्नेछ । बन्दसत्रको कार्यक्रमहरु केहि दिन जारी रहने र समापन कार्यक्रम मार्फत नीति, योजना तथा कार्यक्रमहरु सार्वजनिक गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

नगर परिषद्को उद्घाटन भने गत असार ९ गते नै भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिका रुपमा नगरसभाको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै नगर उपप्रमुख ताराकुमारी काजी महतोले आगामी आर्थिक बर्षका लागि ९२ करोड ७० लाख ४८ हजार रुपैंया बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । नगर उपप्रमुख महतोले सार्वजनिक गर्नुभएको बजेटमा पुँजिगत खर्चतर्फ ७३ करोड २० लाख ४८ हजार तथा चालुतर्फ १९ करोड ५० लाख रुपैंया रहेको छ ।

SwadeshPost