चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन युनेस्कोको चेतावनी

310
SwadeshPost

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले चितवन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ ।

निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि स्तरोन्नती नगर्न सचेत बनाउँदै युनेस्कोले यसो नभए निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको हो । युनेस्कोको विश्वसम्पदा समितिको अजरबैजानमा सम्पन्न ४३औं बैठकले निकुञ्जभित्र प्रस्तावित हुलाकी राजमार्ग, चीन र भारत जोड्ने त्रैदेशीय लोकमार्ग, माडीदेखि वाल्मीकि आश्रम सडक र मलेखु ठोरी सडकले विश्वसम्पदा सूचीमा रहेको निकुञ्जलाई हानी गर्ने जिकीर गरेको हो ।

शक्तिसम्पन्न राष्ट्रहरुमा रहेको समान खालका विश्वसम्पदाहरुमा भने फराकिला कालोपत्रे सडकहरु बनिसकेका छन् र नयाँ बन्ने तथा ममर्त हुने क्रम निरन्तर जारी छन् ।

SwadeshPost