माडीमा श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

128
SwadeshPost

घरायसी झगडा हुँदा दिवानगरमा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । माडी नगरपालिका वडा नं. ७, दिवानगर (घाँघर) निवासी अन्दाजी ५० बर्षका तिलक बहादुर कुमालले अन्दाजी ४० बर्षीया श्रीमती कुमारी कुमाललाई चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट कुमारी कुमालको टाउकोको देब्रे भागमा चोट लागेको छ । कुमाललाई अयोध्यापुरीस्थित एक मेडिकलमा लगिएकोमा ६ वटा टाँका लगाइएको छ । चक्कु प्रहार गरेका तिलक कुमाल हाल फरार रहेको र उनको खोजी भइरहेको माडी प्रहरीले जनाएको छ ।

SwadeshPost