विनोद रानाभाट उद्धार अभियानः हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलित

113
SwadeshPost

कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउने अभियानका क्रममा बैंकमा हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलन भएको छ ।

रानाभाटको उद्धार तथा रिहाइका लागि गठित विनोद रानाभाट रिहाई तथा उद्धार समितिको आधिकारिक बैंक खातामा सो रकम जम्मा गरिएको हो । खातामा आज युवा समाजसेवी अर्जुन भुसालमार्फत संकलित ५ लाख ८८ हजार २ सय १६ रुपैंया दाखिला भएको हो भने भोलि थप करीब १३ लाख रुपैंया जम्मा गरिन लागिएको भुसालले जनाउनुभयो ।

रानाभाटलाई सहकर्मी भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारत सनैयाका कामदारको मृत्यु हुन पुगेको थियो । घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्धा चलाएकामा मृतकको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात करीब ८२ लाख नेपाली रुपैंया बुझाउनुपर्ने आदेश भएको हो । रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समितिको नाउँमा कृषि विकास बैंक माडी शाखामा सञ्चालित ०५०८८०१३३७०९४०१३ नम्बरको खातामा रकम जम्मा गर्न सकिन्छ । हाल उहाँको रिहाई र उद्धारका लागि स्वदेश र प्रवासमा सहयोग संकलन अभियान जारी रहेको छ ।

SwadeshPost