माडीसंगै देशैभर बोलबम मेला सुरु

162
SwadeshPost

साउन महिनाको पहिलो सोमबारबाट माडीसंगै देशैभर बोलबम मेला सुरु भएको छ । माडीको पाँचपाण्डव, शनि मन्दिर, रेवा त्रिवेणीधाम, सोमेश्वर कालीका, गुप्तेश्वर महादेव लगायत विभिन्न शिवालय मन्दिर तथा चितवनको देवघाटमा दर्शन गर्ने जाने भक्तजनहरुको भीड लागेको थियो ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरुले शिव मन्दिरमा गएर पूजाआजा गरेका छन् । साउन महिनाको सोमबार विशेषगरी महिलाहरुले हरियो रंगका बस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रीय दिन हुने भएकाले आजको दिन व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

SwadeshPost