रीउ नदीमा आएको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा व्यापक कटानी

134
SwadeshPost

रीउ नदीमा आएको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा व्यापक कटानी गरिरहेको छ । रीउ नदीको तल्लो तटीय क्षेत्रमा पर्ने माडी नगरपालिका वडा नं. १, पाण्डवनगर क्षेत्रमा नदी कटान भइरहेसंगै त्यहाँ रहेका घर र होमस्टेहरु भत्काउन थालिएको छ ।

रीउको बाढीले पाण्डवनगरमा करीव १०० मिटर लामो नदीकिनार कटान गरिसकेको हो । कटानी जारी रहेसंगै सीता लामिछानेले सञ्चालन गरिरहनुभएको रेवा भ्यु होमस्टे र राम श्रेष्ठले सञ्चालन गर्नुभएको कटेज भत्काएर त्यहाँका सामानहरु सार्न थालिएको छ । नदीको कटान जारी रहँदा पाण्डवनगर गाउँ नै खतरामा रहेको वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

मनसुनी बर्षा पुनः सक्रिय हुँदा देशका अन्य ठाउँहरुसंगै चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा भएको हो । बर्षाका कारण यहाँका खोला खहरेहरुमा बाढी आउँदा पानीको सतहले सतर्कताको तह पार गरेको थियो ।

SwadeshPost