रीउ नदीले कटान गर्दा माडीमा दुई वटा होमस्टे र एक वटा कटेज भत्काइयाे

290
SwadeshPost

रीउ नदीको बाढीले कटान गर्दा पश्चिमी माडीको पाण्डवनगरमा दुई वटा होमस्टे र एक वटा कटेज रेष्टुरेण्ट भत्काउनु परेको छ ।

बाढीले निरन्तर कटान गरिरहेसंगै कृष्ण अधिकारीले सञ्चालनको सबै तयारी पुरा गरिसक्नुभएको थारु होमस्टे र सीता लामिछानेले सञ्चालन गरिरहनुभएको रेवा भ्यु होमस्टे भत्काइएको छ भने राम श्रेष्ठले सञ्चालन गर्नुभएको कटेज भत्काएर त्यहाँका सामानहरु अन्यत्रै सारिएको छ । होमस्टे भवन भत्काउनु परेसंगै अधिकारीलाई करीब ३० लाख तथा लामिछानेलाई करीब १० लाखको क्षती हुनपुगेको जनाइएको छ ।

रीउ नदीले करीब डेढ बिगाहा क्षेत्रफल कटानी गरिसकेको हो । कटान भएको क्षेत्रमा बिहीबार माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो र माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेल लगायतको टोलीले अनुगमन गरेको थियो । तत्काल नदी नियन्त्रण वा तटबन्धनको काम सुरु नभए रीउको अर्को बाढीले पाण्डवनगर गाउँ नै बगाउने खतरामा रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost