आन्तरिक क्षमता विकासमा जुट्याे वाइन टु वाटर नेपालकाे माडी कार्यालय

272
SwadeshPost

माडी उपत्यकामा सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउन लागिपरेका वाइन टु वाटर, नेपाल संस्था आन्तरिक क्षमता विकासमा जुटेको छ ।

संस्थागत विकासका लागि वाइन टु वाटर नेपालका कर्मचारीहरु पाँचदिने आन्तरिक तालिममा सहभागी भएका छन् । बघौंडास्थित माडी भिलेज लजमा सुरुवात भएको सो तालिम कार्यक्रममा माडी नगर क्षेत्रमा सञ्चालित खानेपानी तथा सरसफाई परियोजनाको व्यवस्थित सञ्चालन, प्रभावकारी कार्यसम्पादन र वाइन टु वाटरको संस्थागत संरचना र मुल्यमान्यताहरुबारे प्रशिक्षण दिइएको हो ।

बाढीपीडितहरुलाई स्वायर फिल्टर वितरण कार्यक्रमसहित माडी भित्रिएको सो संस्थाले सुरुवातमा पूर्वी माडीको राइटोलमा र त्यसपश्चात पश्चिमी माडीको कल्याणपुरमा खानेपानी परियोजना सम्पन्न गरिसकेको छ । हाल सिमरामा खानेपानी वितरणको योजना सञ्चालन गरिरहेको सो संस्थाले अब माडीमा झनै बृहत् क्षेत्र समेटी खानेपानी एवं सरसफाई परियोजना सञ्चालन सुरुवात गर्न लागेको जनाएको छ ।

SwadeshPost