प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाई

819
SwadeshPost

माडीसंगै पूर्वी चितवनको लोथर क्षेत्रमा चुरे संरक्षणका लागि संघीय सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा सुरुवात हुन लागेको यस परियोजनाका लागि जिल्लामै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाई स्थापना हुन लागेको हो ।

प्रदेश नं. ३ र ४ हेर्नेगरी चितवनमा सो कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरिन लागिएको हो । यही साउन महिनाभित्रै कार्यालय स्थापना गरी चुरे क्षेत्रको संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने वन मन्त्रालयको तयारी छ । चुरे क्षेत्र संरक्षण अन्तर्गत पानी र मोटोको संरक्षण, वृक्षरोपण, बाढीपहिरो नियन्त्रण, हरियाली निर्माण लगायतका कार्यक्रमहरु हुने जनाइको छ ।

चुरे संरक्षणका लागि जारी आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारले १ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । प्रदेश नं. ३ र ४ हेर्ने गरी चितवनबाट सञ्चालन हुने चुरे क्षेत्र संरक्षण कार्यक्रमलाई भने ३० करोडको हाराहारीमा बजेट विनियोजन भएको चुरे संरक्षण समितिले जनाएको छ ।

SwadeshPost