सामान किन्ने बहानामा माडीकाे एक पसलमा चाेरी

467
SwadeshPost

माडी नगरपालिका – ७, कीर्तनपुरस्थित जि.सी. इलेक्ट्रोनिक्स नामको पसलमा चोरी भएको छ ।मोटरसाइकलमा आएका दुईजना अपरिचित युवाहरुले सामान किन्ने बहानामा पसलमा प्रवेश गरी पसलका कर्मचारीलाई झुक्याउँदै चोरी गरेका हुन । आज शनिबार दिउँसो करीब ३:३० बजेको समयमा लाइट किन्ने बहानामा कर्मचारीलाई अल्मल्याई करीब ४० हजार रुपैंया चोरी भएको हाम्रा प्रतिनिधीले जनाएका छन् । घटनाको थप जानकारी आउन बाँकी छ ।

SwadeshPost