रानाभाट उद्धारको सम्पूर्ण अभियानहरु तत्कालै बन्द गर्न अनुरोध

432
SwadeshPost

विनोद रानाभाटको रिहाई तथा उद्धारका लागि आवश्यक रकम बैंक दाखिला भइसकेकाले स्वदेश र प्रवासमा सञ्चालित सम्पूर्ण सहयोग अभियानहरु तत्कालै बन्द गर्न अनुरोध गरिएको छ ।

विनोद रानाभाट रिहाई तथा उद्धार समितिले एक वक्तव्य प्रकाशित गरी रानाभाटको स्वदेश फिर्तीका लागि आवश्यक रकम संकलन भइसकेको जनाएको हो । रकम संकलन अभियान सञ्चालन गर्ने संघसंस्था र अभियन्ताहरु एवं रकम प्रदान गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै समितिले रकम संकलन भई बैंक खातामा दाखिला गर्न बाँकी रहेका अभियानकर्ताहरुले आगामी श्रावण १४ गतेसम्म दाखिला गरिसक्न पनि अनुरोध गरेको छ ।

परिस्थितिवश २ लाख ६० हजार कतारी रियल ब्लड मनी बुझाउनुपर्नेगरी ३ बर्षे कैद भुक्तान गरिरहनुभएका रानाभाटको रिहाई तथा स्वदेश फिर्तीका लागि अब आवश्यक थप प्रक्रियामा समन्वय र सहजिकरणका लागि समेत समितिले सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

SwadeshPost