भीरबाट खसेर माडीमा एक किशोरको मृत्यु

273
SwadeshPost

माडीको राधापुरमा भीरबाट खसेर एकजना किशोरको ज्यान गएको छ । माडी–५, बनटोली (राधापुर) निवासी अन्दाजी बर्ष १३का सुदीप दराईको भरीबाट खसी ज्यान गएको हो । छरछरे नजिकै, कालीका मन्दिर छेउको भीरबाट खसेको अवस्थामा आज बिहान करीब ११ः३० बजे उनको शव भेटिएको हो ।

मृतक दराई गएराती घर छाडी हिँडेका थिए । बुबाआमा दुबैजना नरहेका उनी हजुरबुवासंग बस्दै आएका थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । ट्रयाक्टरमा मजदुरी गर्दै आएका उनको निधन भएसंगै छरछिमेकमा शोक छाएको छ । बघौंडा अस्पतालमा ल्याइएको उनको शव पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय, माडीका निमित्त प्रमुख उमेश कोइरालाले जानकारी दिनुभयो ।

SwadeshPost