

यसैबिच, माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो । फाहोरका कारण पोखरीको पानी पनि अत्यन्त प्रदूषित बनेको देखिन्छ । बसन्तपुर बजारमा युवाहरुको सक्रियतामा स्थापित केहि समुहरुले जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना लगायतको नियमहरु बनाएतापनि त्यो भने उचित कार्यान्वयनमा आउन सकेको छैन । माडी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कार्यविधी बनाउने बताउँदै आएपनि कार्यबिधी तयार गर्न र त्यस अनुरुप डम्पिङ साइट घोषणा गर्न ढिलाई गरिरहेको छ ।

माडीका मुख्य बजार तथा पसलबाट निस्कने फोहोर पदार्थ जथाभावी फ्याँक्ने क्रम रोकिएको छैन । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेको हो ।

माडीमा फोहोर व्यवस्थापन स्थल डम्पिङ साइट नहुँदा र नियमित फोहोर संकलन, त्यसको प्रशोधन र पुनर्प्रयोग तथा व्यवस्थापन कार्य नहुँदा सानो कोठा वा सटरबाट व्यवसाय गरिरहेका व्यवसायीहरुलाई समेत समस्या परिरहेको छ । कतिपय व्यवसायीहरुले साँझपख फोहोर जलाउने गरेका छन् तर त्यो पनि फोहोर व्यवस्थापनको राम्रो उपाय नरहेको बिज्ञहरुको भनाई छ ।
