युवाहरुलाई संगठित संगै प्रतिभा प्रष्फुटित गर्न माडी जेसिज स्थापित

134
SwadeshPost

माडीका युवाहरुले रुद्र प्रसाद सापकोटाको अध्यक्षतामा माडी जेसिज स्थापना गरेका छन् । जेसिजको बिधान अनुसार माडी जेसिजको कानुनी सल्लाहकारमा रमेश पाण्डे, कार्यकारी उपाध्यक्षमा पदम विलाश पन्त र गोविन्द ढकाल, महासचिवमा कृष्णहरि अधिकारी र कोषाध्यक्षमा अर्जुन बस्याल रहनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा विजय पन्त, अमृत आचार्य, युवराज सुवेदी र सुमन न्यौपाने, सह-सचिवमा ईश्वर रानाभाट र सह-कोषाध्यक्षमा सुशन चापागाईं रहनुभएको छ ।

१८ देखि ४० बर्षसम्मका सक्रिय युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसिजले माडीका युवाहरुलाई संगठित गर्ने र उनीहरुको प्रतिभा प्रष्फुटित गर्ने उद्देश्यले माडी जेसिजको स्थापना गरिएको माडी जेसिजका संस्थापक अध्यक्ष सापकोटाले जनाउनुभयो । २०७६ जेठ ११ गतेलाई माडी जेसिजको स्थापना दिवश मानिएको छ ।

यसैबिच, माडी जेसिजको आयोजनामा माडीको बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा प्रेरक तालिम सम्पन्न भएको छ । जेसिजका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा सौराहा जेसिजका अध्यक्ष शिव प्रसाद भुसालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमामाडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो र विशिष्ट अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालको सहभागिता रहेको थियो ।

SwadeshPost