माडीकाे बसन्तपुरमा बृहत तीज उत्सव-२०७६ आयोजित

151
SwadeshPost

नेपाली महिलाजनको महान पर्व हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा तीज उत्सव सञ्चालन हुने भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै बसन्तपुर बजार व्यवस्थापन समिति, बसन्तपुरका महिला समूह, बसन्तपुर युनाइटेड क्लब, ब्राह्मण समाज माडी लगायतका संघसंस्थाहरुको आयोजनामा तीज उत्सव-२०७६ आयोजना भएको हो ।

तीज पर्वको दिन अर्थात भदौ १६ गते बसन्तपुर बजारको दिवाकर चोकमा सञ्चालन हुने तीज उत्सवमा राष्ट्रिय लोकदोहोरी कलाकार र चलचित्रकर्मीहरुको समेत सहभागिता रहने आयोजक पक्षले जनाएको छ । अप्रतियोगी शैलीबाट खुला सहभागितामूक सो कार्यक्रमको सञ्चालनका लागि माडी नगरपालिका वडा नं. ३ कार्यालयले अनुमतीपत्र जारी गरिसकेको छ ।

SwadeshPost