आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

शिक्षा खबर पोष्ट

माडी मा.वि मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन

  • A
  • A+
  • A++

माडी माध्यमिक विद्यालयमा कक्षा ११मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन गरिएको छ । विद्यालयको पशु बिज्ञान ब्लकमा उच्च माध्यमिक तहमा बिज्ञान बिषय अध्ययन गर्न भर्ना भएको विद्यार्थीहरुलाई स्वागत सहित पठनपाठनको उद्घाटन गरिएको हो । पूर्णतयाः निशुल्करुपमा सञ्चालित सो कार्यक्रममा १६ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

विज्ञापन १

माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा माडीका विभिन्न वडाका वडाध्यक्ष, माडीका माध्यमिक तहक सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानध्यापक तथा माडीका शैक्षिक तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलले स्वागत मन्तव्य तथा विज्ञान संकाय प्रमुख यज्ञप्रसाद पौडेलले सहजीकरण गर्नु भएको थियो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया