रवि लामिछानेको समर्थन गर्दै चितवनमा जारी प्रदर्शन दबाउने प्रहरीको रणनीति

231
SwadeshPost

प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थन गर्दै चितवनमा जारी प्रदर्शन दबाउने रणनीति बनाएको छ ।

स्वदेशसंग कुराकानी गर्दै चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । प्रदर्शन हिंसात्मक हुँदै गएकाले त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय वरपर २ सय बढी प्रहरी फार्स खटाइएको उहाँको भनाई थियो । त्यस्तै, जिल्ला प्रशासन कार्यालयले समेत प्रहरी कार्यालय र अदालत अगाडी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने जनाएको छ ।

लामिछाने पक्राउ परेसंगै उहाँका समर्थकहरुले निश्पक्ष छानबिन तथा रिहाइको माग गर्दै भरतपुरमा प्रदर्शन गर्दै आएका छन् । प्रर्दशनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप समेत हुँदै आएको छ भने प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस प्रहार र लाठीचार्ज समेत गरेको थियो । प्रहरीले दबाउन खोजेपनि आफ्नो प्रदर्शन जारी रहने अभियन्ताहरुको भनाई छ र हाल भरतपुरमा प्रदर्शनकारीहरुको भीड लागेको छ ।

SwadeshPost