कृष्ण जन्माष्टमी पर्वको दिन माडीको बरूवामा कृष्णलीला महोत्सव आयोजित

105
SwadeshPost

माडीको बरुवास्थित रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिले एक दिवसीय कृष्णलीला महोत्सव तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ ।

आउँदो भदौ ६ गते कृष्ण जन्माष्टमी पर्वको दिन मन्दिरको प्राङ्गणमा झाँकी भजनकीर्तन र प्रवचन, चन्दादाता सम्मान र राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रम सहितको कृष्णलीला महोत्स्व आयोजना गरिएको आयोजक समिति सम्बद्ध पण्डित रामजी सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बरुवा बजार टोल सुधार समिति, स्टार स्पोर्टस् क्लब, गर्दी सामुदायिक पुस्तकालय र बरुवा बजारका महिला समूहहरुले सहआयोजकीय जिम्मेवारीमा सहकार्य गरेका छन् । महोत्सवको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost