माडीमा एस.ई.ई. परीक्षाको नतीजा बदलियो, अब सुदर्शन सुबेदी माडी प्रथम

251
SwadeshPost

गतबर्ष सम्पन्न एस.ई.ई. परीक्षामा माडीमा घोषित माडी प्रथम हुन सफल परीक्षार्थीको नाम बदलिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको पुनर्योगको नतीजा पश्चात माडीको बरुवास्थित विद्याज्योति अंग्रेजी विद्यालयका सुदर्शन सुबेदी माडी प्रथम हुनुभएको छ । पहिले ३.६५ रहेका सुवेदीले ३.९ जि.पी.ए. हासिल गरेसंगै माडी प्रथम हुन सफल परीक्षार्थीको नतीजा बदलिएको हो ।

यसअघि ३.८५ जि.पी.ए. ल्याउन सफल जनजीवन माध्यमिक विद्यालयकी छात्रा सोनु अधिकारीलाई माडी प्रथम घोषणा गरिएको थियो । सो परीक्षामा पिसल्याण्ड इङ्गलिस स्कुलका छात्र सञ्जय पौडेलले ३.८०, माडी माध्यमिक विद्यालयका छात्र सुयोग वाग्लेले ३.७० र दिवाकर स्मृति विद्यालयका छात्र निशान रामदाम तथा सोमेश्वर माध्यमिक विद्यालयका छात्र अजय अन्सारीले ३.६५ जीपीए प्राप्त गरेका थिए । उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थीहरुलाई माडी नगरपालिकाले सम्मानित समेत गरेको थियो ।

SwadeshPost