भरतपुरस्थित राष्ट्रिय बाणिज्य बैंकमा आगलागी, प्रहरीद्वारा बैंक भवन सिल

277
SwadeshPost

भरतपुरको चौबिसकोठी स्थित राष्ट्रिय बाणिज्य बैंकको भरतपुर शाखामा आगलागी भएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा आगलागी सुरु भएको थियो ।

आगलागी भएलगत्तै भरतपुर महानगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन् भने शाखा प्रमुखको कार्यकक्ष जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको र बैंकमा रहेका महत्वपूर्ण कागजात, पैसाको लकर र सर्भर सुरक्षित रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताउनुभयो । हाल प्रहरीले बैंक भवन सिल गरेको छ ।

SwadeshPost