पुडासैनी मृत्यु प्रकरणमा अपराध अनुसन्धानको जिम्मेवारी सिआइबीलाई

147
SwadeshPost

शालिकराम पुडासैनीको बहुचर्चित मृत्यु प्रकरणमा अपराध अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाएको छ । अनुसन्धानका लागि काठमाडौंबाट व्युरोका एस.पी. दीपक रेग्मी सहित ५ जनाको टोली चितवनमा खटिएको हो । मृत्युसँग जोडिएका विविध पक्षहरुको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले समेत आफ्नै तरिकाले घटनाको अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यसैबिच, रवि लामिछाने निर्दोष रहेकाले रिहाइको माग गर्दै उनका समर्थकहरुले आज दिनभरीनै चौबीसकोठीमा सभा गरेका छन् । सभामा बोल्दै समर्थकहरुले सुनियोजित ढंगले रविलाई फसाउन खोजेको आरोप लगाएका छन् । यता, आत्महत्याका लागि दुरुत्साहनको आरोपमा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनाको सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ । सोही बयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेश गर्नेछ ।

SwadeshPost