व्यक्तिगत पान नम्बर नलिएसम्म माडीका शिक्षक कर्मचारीहरुले तलब नपाउने भएका छन् ।
माडी नगरभित्रका शैक्षिक संस्थाहरुमा कार्यरत स्थायी, अस्थायी, करार एवं
नीजि श्रोतका शिक्षक तथा विद्यालय सहयोगी र सहयोगी कार्यकर्ता सबैले
व्यक्तिगत पान नम्बर लिनैपर्ने भएको छ । माडी नगरपालिका शिक्षा शाखाले
सामाजिक सञ्जालमार्फत एक सुचना प्रकाशित गरी पान नम्बर उपलव्ध नभएसम्म तलब
निकासा नहुने जनाएको हो । आउँदोे भदौ १० गतेभित्र पान दर्ता गरिसक्न र यसको विवरण नगरपालिकाको लेखा शाखामा दाखिला गर्न समयसीमा तोकिएको छ ।
अनलाइ फारम भरेपश्चात आन्तरिक राजस्व कार्यालयमा गई निःशुल्क रुपमा
व्यक्तिगत पान नम्बर लिन सकिन्छ । पान कार्ड पाएपश्चात भने आम्दानी अनुसार
हरेका बर्ष आयकर वा न्यूनतम् शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३