माडी क्याम्पसले गरेको शुल्क बृद्धिप्रति विद्यार्थी संगठनहरुको बिरोध

315
SwadeshPost

माडी क्याम्पसले स्नातक तहको भर्ना शुल्कमा गरेको शुल्क बृद्धिको क्याम्पसका विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् ।

क्याम्पसले हालै भर्ना शुल्कमा रु २,०००/- थप गरेको भन्दै माडी अखिल (क्रान्तिकारी) र नेविसंघ माडी क्याम्पस ईकाइ समितिले संयुक्त वक्तव्य मार्फत बिरोध गर्दै शुल्क बृद्धि फिर्ता हुनुपर्ने माग गरेका हुन् । साविकको भर्ना शुल्क रु ६,०००/- मात्रै रहेकोमा हालै क्याम्पसले सो शुल्क बृद्धि गरेको जनाइएको छ । अखिल (क्रान्किारी)का क्याम्पस ईकाई अध्यक्ष पदम बिलाश पन्त र नेपाल विद्यार्थी संघका क्याम्पस ईकाई सभापति विकास भुसालद्वारा हस्ताक्षरित वक्तव्यमा आउँदो आइतबारसम्म शुल्क बृद्धि फिर्ता नगरे आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

SwadeshPost