रवि लामिछाने पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

282
SwadeshPost

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पुगेर जाहेरी दिनुभएको थियो ।

पौडेलले दायर गर्नुभएको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण कीर्ते गरेको अभियोगमा छानबिन गरी कारबाहीको माग गरिएको थियो । तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

यता, पत्रकार लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि अदालतले पाँचदिनको म्याद थप गरेकमा केन्द्रीय अनुसन्धान व्युरोले छानबिन जारी राखेको छ । त्यस्तै, लामिछाने पक्षधर प्रदर्शनकारीहरुले चितवनसंगै देशका विभिन्न विभिन्न स्थानमा भेला भई प्रदर्शन जारी राखेका छन् ।

SwadeshPost