स्टार कप फुटबल प्रतियोगिता २०७६ को ट्राइसिट सार्वजनिक

895
SwadeshPost

माडीको बरुवामा सुरुवात हुन लागेको स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक भएको छ ।

सार्वजनिक भएको ट्राइसिट अनुसार भोलि भदौ ७ गते दिउँसो ३ बजे माडी नगरपालिका वडा नं. ६, कल्याणपुर ए र बीरञ्ची युवा क्लबबिच उद्घाटन खेल हुनेछ । प्रतियोगितामा माडीभरका २२ वटा टोलीको सहभागिता रहनेछ । बरुवा बजारस्थित स्टार फुटबल चौरमा सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले गर्नुहुनेछ ।

हरेक बर्ष तीज पर्वको अवसर पारी माडीको बरुवास्थित स्टार स्पोर्टस् क्लबले स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबको २३औं बार्षिकोत्सव समेतको अवसरमा आयोजित सो प्रतियोगिताको रजत (२५औं) संस्करण आउँदो भदौ १७ गतेसम्म जारी रहनेछ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. १ लाख १ हजार १११ र दोश्रो पुरस्कार रु. ५० हजार १ सय १५१ रहेको छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर लगायतका विधागत विजेताहरुलाई समेत पुरस्कृत हुनेछन् ।

SwadeshPost