डेनमार्कबाट १७ जना डेनिस स्वयम्-सेवीहरु माडीका लागि प्रस्थान

256
SwadeshPost

डेनमार्क निवासी स्वयम्-सेवीहरुको संस्थाहरुद्वारा माडीको दक्षिण अयोध्यापुरी, कान्तिपुर र चौकीडाँडामा सञ्चालनमा रहेको बहुआयामिक परियोजनामा सहभागिताका लागि १७ जना स्वयम्-सेवकहरु माडीका लागि प्रस्थान गर्दैछन् ।

डेनिस स्वयम्-सेवीहरुले खरकट्टास्थित माडी ब्रेन पावर पुस्तकालयका नवनियुक्त लाइब्रेरियनलाई प्रशिक्षण दिने, अयोध्यापुरी स्वास्थ्य चौकीको सेवाबारे प्रचारप्रसार गरी ब्राण्डिङ गर्ने, जनस्वास्थ्यमूलक सेवा दिने र इकोसान शौचालयको अनुगमन गर्ने योजना रहेको छ । त्यसैगरी माडी नगरपालिका वडा नं. ८ मै नयाँ खानेपानी परियोजना सुरुवात समेत गर्न लागेको डेनिस संस्था जे.वाई.एस.के. की परियोजना प्रमुख लोने पिटर्सनले जानकारी दिनुभयो ।

संस्थाले माडीमा जनजीवन माध्यमिक विद्यालयमा पुस्तकालय सञ्चालन, इकोसान शौचालय प्रवर्द्धन, प्राङ्गारिक खेती प्रवर्द्धन, आयआर्जन, सरसफाई, शैक्षिक विकास लगायतका बहुआयामिक काम गरिरहेको छ । त्यस्तै, संस्थाले सन् २०११ म्मा माडी नगरपालिका वडा नं. ८, चौकीडाँडामा निर्माण गरेको खानेपानी परियोजना भने अपेक्षित सफल नभएकाले त्यसलाई स्तरोन्नति गरी नेपाल सरकारको मापदण्ड अनुसारको बनाउने पनि कार्यक्रम बनाएको छ ।

SwadeshPost