माडीको बाँदरझुलामा तीजकप फुटबल प्रतियोगिता सुरुवात हुँदै

192
SwadeshPost

माडीको बाँदरझुलामा आजबाट हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरुवात हुँदैछ । युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा सञ्चालन हुन लागेको सो प्रतियोगिताको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले दिउँसो ३:३० बजे उद्घाटन गर्नुहुने क्लबले जनाएको छ । उद्घाटन लगत्तै बसन्तपुर युनाइटेड क्लब र तमु ब्वाईजको ‘बी’ टोलीबिच पहिलो खेल सञ्चालन हुनेछ ।

तीज पर्व अर्थात भदौ १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन र पर्साका १८ वटा फुटबल समूहले उपाधीका लागि स्पर्धा गर्नेछन् । बाँदरझुलाको प्लट नं. ५ को खेल मैदानमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको प्रथम पुरस्कार शिल्ड र मेडलसंगै नगद ५० हजार तथा तथा दोश्रो पुरस्कार शिल्ड र मेडलसंगै नगद २५ हजार रुपैंया रहेको छ भने विधागत उत्कृष्ट खेलाडीहरु समेत पुरस्कृत हुनेछन् ।

युवा दर्शन समाज क्लब बाँदरझुलाले यसअघि लगातार २ बर्ष बाँदरझुलामा तीज कप फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost