उद्योग बाणिज्य संघ माडीद्वारा बसन्तपुरमा करदाता शिक्षा कार्यक्रम आयोजित

237
SwadeshPost

उद्योग बाणिज्य संघ माडीले माडीको बसन्तपुरमा करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ ।

भोलि भदौ ९ गते सोमबार, मनकामना पार्टी प्यालेसमा कर सम्बन्धी प्रशिक्षण तथा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो । पान, भ्याट र अन्य कर सम्बन्धी पर्याप्त जानकारी नहुँदा पटक पटक माडीका व्यवसायीहरु समस्यामा पर्दै आएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख कर अधिकृत शुभ रिजालले कर सम्बन्धी प्रशिक्षण दिनुहुने छ । कार्यक्रममा सहभागिताका लागि उद्योग बाणिज्य संघ, माडीले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

SwadeshPost