अदालतमा कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान भोलिमात्र हुने

259
SwadeshPost

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीस हेमन्त रावलको इजलासमा बहस भएको छ । अदालतमा अस्मिता कार्कीको बयान सकिएको र रवि लामिछाने तथा युवराज कँडेलको बयान भोलिमात्र हुने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएकोमा सो मुद्धामा बहस भएको हो । सरकारी वकिलका तर्फबाट टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसूर सहित पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको थियो । बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि मात्र न्यायाधीसले कारागार चलान वा धरौटीमा छाड्ने निर्णय गर्नेछन् ।

SwadeshPost