रवि लामिछानेले आज नारायणगढमा समर्थकहरुलाई सम्बोधन गर्नुहुने

306
SwadeshPost

चितवन जिल्ला अदालतबाट ससर्त रिहाई हुनुभएका पत्रकार रवि लामिछानेले आम समर्थकहरुलाई आज सम्बोधन गर्नुहुने भएको छ । नारायणी नदी किनारको प्रदर्शनी मैदानमा दिउसो २ बजे लामिछानेले आम समर्थकहरुलाई सम्बोधन गर्नुहुने भएको हो ।

यसअघि सोमबार साँझ रिहाई भएलगत्तै लामिछानेले सम्पूर्ण समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्दै आमनागरिकहरुको विश्वास टुट्न नदिने वाचा गर्नुभएको थियो । चितवन जिल्ला अदालतले ५ लाख रुपैंया धरौटीमा रिहाई गर्न आदेश दिए अनुसार नगद धरौटी बुझाई उहाँ रिहा हुनुभएको हो । त्यसैगरी युवराज कँडेल ३ लाख धरौटी बुझाइ र नर्स अस्मिता कार्की सामान्य तारेखमा रिहाई हुनुभएको छ । उहाँहरु रिहाई भएसंगै साँझपख भरतपुरमा हजारौं समर्थकहरुले खुसीयालीमा प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा दिपावली समेत भएको थियो ।

SwadeshPost