मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै पत्रकार लामिछानेद्वारा धन्यवाद ज्ञापन

  • A
  • A+
  • A++

पत्रकार रवि लामिछानेले नारायणगढस्थित नारायणी नदी किनारमा हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । पुडासैनी प्रकरणमा पक्राउ परेसँगै चितवनमा उहाँको समर्थनमा ११ दिनसम्म अनवरत ठूलो प्रदर्शन भएकोमा उहाँले धन्यवाद सभामार्फत नागरिकहरुलाई कृतज्ञता व्यक्त गर्नुभएको हो ।

विज्ञापन १

सभामा भदौंको चर्काे घाममा पनि छाता ओडेर हजारौं नागरिक सहभागी भएका थिए । कार्यक्रममा रवि लामिछाने र युवराज कँडेलले ७७ वटै जिल्लाबाट चितवन आई आफूहरुको न्यायका लागि लडेको भन्दै आम समुदायलाई धन्यवाद दिनुभयो । सञ्चारकर्मी लामिछानेले आम नागरिकले आफूप्रति देखाएको माया र सद्भावले गर्दा भविष्यमा अझ जिम्मेवारीपूर्ण ढंगले नागरिकका पीडा र आवाजलाई उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया