स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी

472
SwadeshPost

बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब, बसन्तपुर विजयी भएका छन् । पहिलो खेल बुद्धज्योति युवा क्लब, माडी ४, सितलपुर र बसन्तपुर युनाइटेड क्लब बी बिच भएकोमा १-० गोलअन्तरसहित बुद्धज्योति युवा क्ल्ब सितलपुर विजयी भएको थियो । दोश्रो खेल आयोजक स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लब माडी-६, बसन्तपुरबिच भएकोमा टाइब्रेकरमा ४-१ गोलअन्तबाट जनआस्थाले जीत दर्ता गरेको हो ।

उता, बाँदरझुलामा जारी तीज कप फुटबलमा बुधबार तमु समाज कल्याणपुर माडी र तमु ब्वाईज रोजीनगर ठोरी विजयी भएका छन् । आजको पहिलो खेल तमु समाज कल्याणपुर माडी र युवा स्पोर्टस् समूह, बाँदरझुला २ नं. प्लटबिच भएकोमा ४-० ले तमु समाज कल्याणपुर विजयी भएको हो । दोश्रो खेल तमु ब्वाइज रोजीनगर ठोरी र आयोजक युवा दर्शन क्लब, बाँदरझुलाबिच भएकोमा २-० गोलअन्तरसहित तमु ब्वाइज रोजीनगर ठोरी विजयी भएको छ । युवा दर्शन क्लब, बाँदरझुलाद्वारा आयोजित सो प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost