

बाढीजन्य विपद् जोखिम न्यूनिकरणमा कार्यरत नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपालले माडी नगरपालिकालाई बाढी विपद्काे अवस्थामा प्रयोगमा आउने उद्धार सामग्री प्रदान गरेको छ । माडी नगरपालिका कार्यालयमा सम्पन्न एक कार्यक्रममा १६ थान लाइफ ज्याकेट र ४०० मिटर डोरी प्रदान गरिएको हो ।

उद्धार सामग्रीसंगै बाँदरमुढे खोला बग्ने गरिरहेको माडी नगरपालिका वडा नं. ३, ५ र ६ समेट्ने बिपद ब्यवस्थापन योजना समेत नगरपालिकालाई हस्तान्तरण भएको परियोजना प्रमुख रबिन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । जापानी सहयोग नियोग साप्लानिरको आर्थिक तथा प्राविधिक सहयोग र माडी नगरपालिकाको समन्वयमा बाँदरमुढे खोला नियन्त्रणको उद्देश्यसहित सो संस्थाद्वारा माडीमा जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण परियोजना सञ्चालनमा रहेको छ ।

